गगनको समितिमा आरजु मनोनीत, कम्युनिस्टलाई धुलोचटाउने योजना बनाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’लाई विस्तार गरेका छन् ।

सभापति देउवाले महामन्त्री गगनकुमार थापा संयोजकत्वको समितिलाई सोमबार विस्तार गरेका हुन् ।  समितिको सदस्यमा केन्द्रीय सदस्य आरजु राणा, मधु आचार्य, गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी रहेका छन् ।

समितिको सदस्यमा नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाण, वंशलाल तामाङ, विजयशंकर यादव पनि रहेका छन् ।

उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, इन्द्रा अधिकारी पनि सदस्यमा मनोनीत भएका छन् ।

अभिमन्यु सिंह, वुद्धिमान श्रेष्ठ, मनीष झा, जिमी लामा, शिलशिला आचार्यलाई पनि सभापति देउवाले सदस्यमा मनोनीत गरेका छन्।समितिको सदस्यमा मनोनीत गर्ने बेला सभापति देउवाले स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि राखेका छन् ।

यो पनि पढ्नुहोस्//

आलीको पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन, हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले कम्युनिस्ट पार्टी नभएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले कम्युनिस्ट पार्टी नभइ केपी शर्मा ओलीलाई ‘बा’ भन्नेहरुको मात्रै पार्टी भएको टिप्पणी गरेका हुन् ।

‘केपी ओली सुध्रिन्छन् कि भनेर ठानेका थियौं । सुध्रिने संकेत नदेखेपछि हामीले विद्रोह गर्नुपरेको हो,’ उनले भने,‘अहिले त त्यो कम्युनिस्ट पार्टी होइन अब ‘बा’को पार्टी भयो। दुई चार जना छन्, तिनीहरुको आँखा कहिले खुल्ने हो। ढिलो नै आए पनि स्वागत गरिएला, तर ओलीकै पछि लाग्छन् भने केही गरिने वाला छैन ।’

केपी ओली बरबराउन थालेका छन् । गालीगलौज गर्न थालेका छन् । कु बाटोमा हिँड्न थालेका छन् । तिनका पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन,’ उनले भने ।  ‘हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ, ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय