काठमाडौ,गठबन्धनमा आबद्ध दलहरूको बझाङ जिल्लामा गठबन्धनका विषयमा बसेको बैठक सहमति विनानै टुङ्गिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको तिन दलको जिल्लाको बैठकले जिल्लाका १२ वटा पालिका र ९४ वटा वडामा गठबन्धन गर्ने विषयमा गरेको पहिलो बैठकमा तिनै दल विच सहमती हुन सकेको छैन् ।

सोमबार दिउसो सदरमुकाम चैनपुरमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएकोमा नेपाली कांग्रेसले ६०, ४० को धारणा राखेपनी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा–आधाको धारणा राखेपछी कुरा नमिलेर बैठक टुङगीएको बैठकमा सहभागी एक नेताले बताएका छन् । बैठकमा सबै पार्टीको जिल्लास्थित पालिकाको अवस्थाबारे छलफल गरिएको समेत सत्तारुढ गठबन्धनका नेताले बताएका छन् ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष, सचिव लगाएत शीर्ष नेताहरू सहभागी भएका थिए । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको परिपत्र अनुसार बझाङ जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको हो । सोमबार भएकोे छलफलमा दलहरु विच गठबन्धनको लागी सहमती नजुटेपछी आज फेरी दोस्रो चरणमा छलफल गरिने बताइएको छ ।

बझाङमा एमालेविरुद्ध सबै दल गठबन्धन बनाएर चुनावै मैदानमा जान तयारीमा जुट्न थालेपनी उनीहरु बीच भागवण्डा मिलाउनै नसक्दा चुनौती थपिएको छ । गठबन्धनमा बलियो शक्ति मानिएको कांग्रेसले आफ्नो जित्ने निश्चित मानेका पालिका र गठबन्धन बन्दा जित्न सकिने पालिकामा दावी छोडेको छैन भने माओवादी र नेकपा एसले पनि सोही अनुसारको दावी गरेको छ ।

सबै दलका दावी आवश्यकताभन्दा बढी देखिएका कारण समस्या परेको छ, कांग्रेसका एक जिल्ला नेताले भने, ‘एउटा वडा पनि जित्न नसक्ने पार्टीलाई पालिकाको जिम्मेवारी दिन कसरी सकिन्छ अनि जनाधार नै नभएपछि सबै अरुका मत ल्याएर जित्छु भनेर हुन्छ अनि पछि गठबन्धनमा बैमानी भयो भन्ने उनीहरु नै हुन्छन् ।’

 

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here