महानगरको मेयरमा उठ्ने चर्चा रहेका पूर्वमन्त्री अटोरिक्सामा घरदैलो

विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् ।

बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाको पनि मेयरमा उठ्ने चर्चा छ ।

एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ ।

स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।

यो पनि पढ्नु होस्//

कथित चुनावको देशव्यापी भण्डाफोर गर्नु नेकपाको मुख्य जिम्मेवारी होः धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बौद्धीक नेता धर्मेन्द्र बास्तोला कञ्चनले आफ्नो पार्टी चुनावमा भाग नलिने बताएका छन् ।

पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीनसयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता बास्तोलाले आफ्नो पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार नेकपाको कुनै पनि कार्यकर्ताले चुनावमा भाग नलिने बताएका छन् ।

उनले नेकपाका जिल्ला सेक्रेटरीसम्म कुनै पनि पहमा उम्मेदवार बने पार्टीले कार्वाही गर्ने भन्दै दलाल सत्ताले घोषणा गरेको स्थानीय चुनावमा पार्टीको कुनैपनि संग्लग्नता नरहने स्पष्ट पारे ।

नेता बास्तोलाले पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अक्षरस लागू गर्नुपर्ने भन्दै देश ब्यापी चुनाव बिरुद्ध भण्डाफोर सभाहरु सञ्चालन गरिने बताए ।

उनले आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्र रुपमा समर्थन मात्र गर्न सकिने तर त्यो पनि अनिवार्य नभएको धारणा पनि राखेका छन । मुख्य त दलाल संसदिय ब्यवस्थाको निर्वाचनमा सहभागी नबन्ने कुरा नै मुख्य रहेको बताएकाछन ।

नेता बास्तोलाले भने, ‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै पार्टी केन्द्रीय समितिको बैठमको निर्णय हो र यो क्रान्तिकारी प्रधान पहल हो ।’

पार्टीका नेता–कार्यकतालाई दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जान र विजयभाव सम्प्रेषण गर्न पनि उनले आह्वान् गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय