माधव नेपालको वडाबाटै नेकपा एसका जिल्ला नेतासहितका कार्यकर्ता एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गृहनगर गौरमा उनकै वडाका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेकपा एसका नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

गौर नगरपालिका-१ का जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा एसका कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन । गौरस्थित एमाले पार्टी कार्यालयमा नवप्रवेशीहरूलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले स्वागत गरे ।

सोही क्रममा गौर नगरपालिका-९ निवासी लोसपानिकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गरेका थिए ।

कार्यक्रममा आयोग सदस्य यादवले पाँचदलीय गठबन्ध देशमा गठबन्धनलाई चुनौती दिँदै दिनदिनै तीनै दल त्यागेर एमाले प्रवेशको लहर बढेको बताए ।

कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्यहरु अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्यहरु राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको सहभागी थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय