एमालेसँग एकताको कुनै सम्भावना छैन, ओली दिमाग खुस्केको मान्छे हो: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज (आइतबार) बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राख्दा अध्यक्ष नेपालले एकताको सम्भावना नै नरहेको बताए । ‘एमालेसँग एकताको कुनै सम्भावना छैन,’ उनले भने ।

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै दिमाग खुस्केको मान्छे भएको आरोप पनि लगाए । ‘दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिराख्या छ, बकबक गरिराख्या छ, त्यो बाहेक अरु केही छैन,’ उनले भने, ‘हामी सुसंस्कार दिन्छौं, उत्प्रेरित गर्छौ ।’

यो पनि पढ्नु होस//

फेवाताल किनारमा नयाँ वर्ष महोत्सव

काठमाडौं, चैत २३ । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ ।

होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।

‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए ।

नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ । भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ । अध्यक्ष सुवेदी भन्छन्, “महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ ।”

लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा सांस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य प्रस्तुतिलगायत कार्यक्रम गरिने सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने सङ्घका पूर्व अध्यक्ष विकल तुलाचनले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धन र महोत्सवको प्रचार–प्रसारका लागि सङ्घले केही दिनअघि बुटवल, हेटौँडा र वीरगञ्जमा ‘जाउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय