एमाले प्रवेशको भोलिपल्टै माओवादीमा फर्किए पित्तबहादुर, भन्छन्ः क्षणिक आवेगमा गम्भीर गल्ति गरेँ

काठमाडौं । एक दिनअघि प्रचण्डको आग्रह अश्वीकार गर्दै नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी भोलिपल्टै माओवादी केन्द्रमा फर्किएका छन् ।

डल्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफूभित्र क्षणिक आक्रोश र आवगेमा आई राजनीतिक रुपमा गम्भीर गल्ति गरेको भन्दै आत्मालोचना गरेका छन् । उनले आगामी दिनमा माओवादी केन्द्रमै क्रियाशील हुने बताएका छन् ।

डल्लाकोटी सोमबार बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए । उनी बालकोटमै भएका बेला प्रचण्डले फोन गरेर मलेखुमा सँगै माछा खाने भन्दै एमालेमा प्रवेश नगर्न आग्रह गरेका थिए ।

तर डल्लाकोटीले आफू राजनीतिक रुपमा अलग भइसकेको भन्दै माछा भने खुवाउने जवाफ प्रचण्डलाई दिएका थिए । उनलाई जिल्लाका केही नेताहरुले प्रचण्डसँग भेटाएर भोलिपल्टै पार्टीमा फर्काएका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय