एमाले प्रबेश गरेका पूर्व माओबादी फर्कनेक्रम शुरु, यी नेताहरु फर्किएपछी ओलीलाई झड्का

काठमान्डौ चैत्र,२३

अस्ति (सोमबार) मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) आज (मंगलबार) फेरि नेकपा (माओवादी केन्द्र)मा नै फर्किएका छन् ।

उनलाई सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका थिए । तर डल्लाकोटी एकाएक आज विज्ञप्ती जारी गर्दै आफू पुनः माओवादीमै फर्किएका बताएका छन् । हिजो एमाले प्रवेश गरेपछि डल्लाकोटीको देशभर चर्चा भएको थियो ।

उनले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् ।

सम्पत्ति प्रचण्डलाई बुझाएँ, छोरो प्रहरी बन्यो : हेमन्तप्रकाश ओली ‘पार्टीमा हामी बहुमतमै छौं, निर्णयविरुद्ध जानेमाथि कारबाही गर्नुपर्ने हुन्छ’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’का अनुसार नेकपाको गत चैत ४ गतेबाट १२ गतेसम्म कपिलबस्तुमा बसेको केन्द्रीय कमिटी बैठकमा तीनवटा एजेण्डामा छलफल भयो । त्यस क्रममा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने भनेर पेश गरेको प्रतिवेदन बहुमतबाट अस्वीकृत नै भयो ।

महासचिव विप्लवले ल्याएको प्रस्तावको विपरीत चुनाव बहिस्कार गर्नुपर्छ भन्ने मध्येका एक नेता थिए ओली । बैठकमा महासचिव विप्लवको लाइन फेल भएर ओलीको लाइन पारित भएको छ ।

कपिलवस्तुमा बसेको ११ दिन लामो बैठकमा सबैभन्दा बढी बहस चुनाव उपयोग गर्ने कि बहिस्कार गर्ने भन्नेकै केन्द्रित रहेको ओलीले रातोपाटीलाई बताए । उनले भने, ‘एकातिर चुनावबाट जाँदा भूमरीमा फसिने भयो, अर्कोतिर बहिस्कारमा जाँदा चट्टानमा ठोकिने भयो । चट्टान र भूमरीलाई छलेर जाने बीचको बाटो रोजेका छौँ ।’

हेमन्तप्रकाश जनयुद्धकालका सहिद परिवारससमेत हुन् । उनले आफ्नो व्यक्तिगत सम्पत्ति यसअघि नै प्रचण्डलाई बुझाइसकेको र अहिले आफूसँग केही पनि सम्पत्ति नभएको बताए । उनले भने, ‘मैले बालाजु बैठकपछि मेरो सम्पति प्रचण्डलाई बुझाएको छु । सर्वहाराकरण गर्ने गरी प्रस्ताव ल्याएँ । साँच्चै होला भनेर मैले बुझाएँ । अरुले बुझाएनन् । अहिले मेरो नाममा केही पनि छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय