कांग्रेसका कार्यकर्ताले हराउने भएपछि रेणुलाई मन्त्रीको अफर ! खुसीले प्रचण्डको मनमा लड्डु फुट्यो

काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय भएसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति रन्किएको छ ।

चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा मेयरमा दाबी नछाड्ने घोषणा गरेपछि माओवादी केन्द्रलाई प्राविधिक ठुलो संकट परेको छ ।सभापति शेरबहादुर देउवाले निर्देशन दिए पनि स्थानीय तहमा कार्यकर्ताले भोट माओवादीलाई दिएनन् भने रेणु दाहालको पराजय हुने सम्भावना निकै छ ।

भरतपुरको राजनीति निकै बिथोलिएको छ । छोरी रेणुको राजनीति सुरक्षित बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा लगेर जिताएर बागमती प्रदेशको सरकारमा मन्त्री बनाउँदा नै उचित हुने चितवनबासीको सुझाव दिएका छन्।

गठबन्धन गरे पनि कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा ‘प्रचण्ड’की छोरी रेणु र स्वयं प्रचण्डलाई सहयोग गर्ने सम्भावना निकै कम छ । यस्तो अवस्थामा प्रचण्डलाई प्रतिनिधि सभामा जिताउने सहमतिमा भरतपुरको मेयर कांग्रेसले पाउने सम्भावना छ ।

रेणुलाई प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउन सक्ने सम्भावना पनि छ । अहिलेसम्म माओवादीले भरतपुरमा मेयर छाडेको छैन । गठबन्धनका क्रममा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह ‘रुख’लाई बोकेर कांग्रेसका उम्मेदवार जिताउन प्रचार गर्नुपर्नेछ ।

प्रचण्डलाई जिताउन कांग्रेसले पनि साथ दिनेछ । भरतपुरको मेयरमा कांग्रेसको भोटले रेणुले जितेकी हुन् । माओवादीको भोटले मात्रै रेणुको पराजय निश्चित थियो ।

यस पटक स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले केन्द्रबाट जति नै तालमेल वा गठबन्धन गरे पनि रेणलाई भोट दिने कुनै ग्यारेन्टी छैन ।बरु माओवादीले भरतपुरमा मेयर छाडेर रेणुलाई प्रदेश सांसद र प्रचण्डलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएमा कांग्रेसले साथ दिएर जिताउन सक्ने ठुलो सम्भावना रहेको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय