file photo

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन रोक्न खोज्नेका हातमा मुलुकको शासन जाँदा अस्थिरता भएको बताएका छन् ।


गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति, पदाधिकारी तथा सदस्यहरूलाई शनिबार माओवादी पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनका लागि लड्ने पार्टीले मुलुकको शासन चलाउन नपाउँदा समस्या भएको बताएका हुन् ।‘बाली लगाउने, दुःख गरेर स्याहार सम्भार गर्ने र थन्क्याउनेसम्म एउटाले गर्ने खाने बेलामा अर्कोको हातमा जाने जो बिडम्बना भयो यही कारण नेपाल अस्थिरताको ठूलो भूमरीमा फसेको छ,

उनले भने, ‘माओवादी केन्द्रले परिवर्तन ल्याउने र परिवर्तनको फल परिवर्तन रोक्न खोज्नेको हातमा पर्दा अस्थिरता भयो ।’राजनीतिक परिवर्तन ल्याउनमा माओवादीले गरेको सशस्त्र संघर्षको महत्वपूर्ण भूमिका भएको दाहालले बताए । उनले भने, ुमाओवादी आन्दोलनसँग पछिल्लो चरणमा सात राजनीतिक दल जोडिएपछि युद्ध र आन्दोलन सँगै भए ।

त्यसपछि निर्वाचन, शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र, ठुल्ठूला परिवर्तन, सिंहदरबारको अधिकार गाउँगाउँसम्म यी सबै भए । तर देशमा राजनीतिक स्थायित्व भइसक्या छैन । कुनै पार्टीको सरकार कति दिन राजनीतिक परिवर्तन ल्याउने दलहरूले त्यसलाई संस्थागत गरेर मुलुकमा विकास गर्न नसक्नुका पछाडिको कारण परिवर्तन ल्याउनेले शासन चलाउन नपाउनु रहेको दाहालको तर्क थियो ।

बस्ने हो १ लगातार राजनीतिक अस्थिरता कायमै छ ।’- माओवादीले मुलुक संकटमा पर्दा आफूले त्याग गरेर भएपनि मुक्त गरेको उनको दाबी थियो । जितेका स्थानीय तहमा राम्रो काम गरेको तर प्रदेश र संघीय सरकार सञ्चालन गर्न नपाउँदा समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रममा गेसो सभापति कृष्णकुमार राई, जनता समाजवादी पार्टीका सोलुखम्बु जिल्ला अध्यक्ष ज्ञान किरातीलगायत एक हाराहारीमा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष दाहाल र भूतपूर्व सैनिक संघ ९क्रान्तिकारी० का अध्यक्ष पुरञ्जन राईले पार्टीमा स्वागत गरेका थिए ।

एमालेलाई चितवनमा धक्कै धक्का, केपीका दाइने हात सहित सयौं नेता माओवादीमा प्रवेशनेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन।

एमाले ,कांग्रेस तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठनिक गतिविधीमा लाग्न आग्रह गरिन् । उनले भनिन् , तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र

विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् ।उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन ।

उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् ।उनले भनिन,तपाईहरूका जायज आवस्यकता र योजनाहरू लिएरआउनुस्स्था,निय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ ।भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि ,स्वास्थ्य ,शिक्षा सामाजिक विकासमा प्रदान गरिएको

अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्तरमा सहयोग पुर्याएको बताईन् ।कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) लेयुगान्तकारी परिवर्तनको बहाक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको बताए ।यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष यम बहादुर परियारले जनताको असली पार्टी छानेर

माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।उनले पार्टिले उचित जिम्मेवारी दिने समेत बताए । सो अवसरमा माओवादी केन्द्रमा २ सय १४ जना प्रवेश गरेका छन ।उनिहरुलाई रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here