सरकारले औद्योगिक विकास र लगानीको वातावरण बताउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानी बढाउने तथा औद्योगिक विकासका लागि वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चोभारस्थित सुख्खा बन्दरगाह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रलाई सुधारका लागि आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि काम गर्नुपर्ने बताए ।

मुलुकमा औद्योगिक विकास र लगानीको वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ,” देउवाले भने, “मुलुकको व्यापार घाटा कम गर्न आयात घटाउँदै उत्पादनमुखी औद्योगिक उत्पादन बढाउन आवश्यक छ ।”

उनले वैदेशिक व्यापारको क्षेत्र अझै व्यवस्थित हुन नसकेको भन्दै व्यवस्थापनका क्षेत्रमा काम गर्ने आवश्यकता देखिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय