नेपालमा गणतन्त्र एमालेले ल्याएको होः एमाले उपाध्यक्ष थापा

काठमाडौं । पूर्वमाओवादी नेता राम बहादुर थापा बादल अहिले एमालेमा छन् । उनलाई एमालको उपाध्यक्ष बनाइएको छ । माओवादीका नेताकार्यकर्ताहरु बादलसँग फायर बन्ने गरेका छन् । नेकपा एमाले फुटेर अदालतले माओवादी एमाले पार्टी ब्युताएपछि बादल एमालेमै रोकिएका थिए ।

पूर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष थापाले जनआन्दोलनको समयमा बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर केपी ओलीले दिएको अभिव्यक्तिको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । एमालेको राजनीतिक नीति कार्यक्रममा गणतन्त्र रहेको उनले दाबी गरे ।

प्रेस चौतारी नेपालले सोमवार धादिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा नेता थापाले मदन भण्डारीले जबजको सिद्धान्त प्रतिपादन गर्दादेखि नै एमालेको राजनीतिक कार्यक्रममा गणतन्त्र रहेको बताएका हुन् ।

‘हिजो जनयुद्धको क्रममा देश गणतन्त्रमय भइरहेको समयमा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेताको नेतृत्वको पार्टीमा बस्दा गणतन्त्र, संघीयता र समावेशी जनयुद्धको उपलब्धि हो भन्ने लाग्छ कि लाग्दैन र ?’ पत्रकारले थापालाई प्रश्न सोधे ।

जवाफमा थापाले भने, ‘नेकपा एमाले र यसअघिको नेकपाको निष्कर्ष अहिलेको राजनीति उपलब्धि जनआन्दोलन र जनयुद्धको संयोजनबाट प्राप्त उपलब्धि हो,’ थापाले भने, ‘तत्कालीन नेकपा एमालेको राजनीतिक उद्देश्यमा पनि गणतन्त्र थियो । मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तमा पनि थियो । बयलगाडा चढेर गणतन्त्रमा दुष्प्रचार गर्नु गलत कुरा हो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय