शेखर लचिलो भएपछि प्रचण्डलाई राहत, कांग्रेस एकढिक्का भएर चुनावमा होमिँदै

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । स्थानीय निर्वाचनमा कसरी जाने भन्ने मोडालिटी तयार पार्न बैठक बोलाइएको हो ।

पाँचदलीय गठबनधनले तीनै तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । तर, नेपाली कांग्रेसको संस्थापन इतर समूह कसैसँग तालमेल नगर्ने अडानमा कायमै रहँदा के गर्ने भन्ने अन्योल थियो ।

, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएपछि भने अब गठबन्धनले ठोस निर्णय लिन सक्ने देखिएको छ ।

सोमबार पोखरामा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यकता भए मात्रै गठबन्धन गर्न आग्रह गरे। ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् ।

सबै ठाउँमा गर्नु पर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला। यसले पार्टीलाई नोक्सानी हुन्छ।’

अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन निर्देशन दिए । केन्द्रीय सदस्यसमेत रहेका उनले कांग्रेसको विधानअनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन्।

जथाभावी टिकट वितरण गर्ने होइन। सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । शेखरको यो निर्देशनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो राहत भएको छ ।

 

कांग्रेसको इतर पक्ष तालमेल गर्न नहुने पक्षमा कायम रहेपछि केही दिनअघि प्रचण्डले ‘कांग्रेसले निहुँ खोजे एमालेसँग तालमेल हुन्छ’ भनेर घुर्की लगाएका थिए ।

तर, उनको अभिव्यक्ति आफैंलाई घाँडो भएको छ । प्रचण्ड अस्थिर चरित्र भएको व्यक्ति भन्दै उनलाई स्थानीय चुनावमै तह लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश उत्पन्न भएको थियो । यसपछि प्रचण्ड गलेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय