विप्लव समूहका पूर्व इन्चार्ज अमृत बस्नेत समाजवादी प्रवेश

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् ।

शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा नेकपा विप्लव समूहका पूर्व ओखलढुंगा इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले यो सबैको आकर्षणको केन्द्र बनेको बताए ।

यसैबीच उनले आफू नेकपा एमालेको संस्थापकमध्ये १ भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको बताए । हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टीको निर्माण गर्यौं त्यो केपी ओलीले कल्पना पनि गरेको छैन ’ नेपालले भने । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएको दाबी पनि गरे ।

हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ । समाजको रुपतान्तरण गरिछाड्ने संकल्प पनि छ’, अध्यक्ष नेपालले भने, ‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने, गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगािड बढ्ने योजना छ ।’ विप्लव नेकपाका धेरै कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको यसका नेताले दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले छोटो समयमा नै पार्टीको राजनितीक औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।

पार्टीको अस्तित्व सिध्याउनका लागि गत फागुन १ मा आफूहरु माथि षड्यन्त्र भएको र त्यसलाई चकनाचुर पार्न सफल भएको बताएका छन् । ‘पार्टीको अस्तित्व सिध्याउनका लागि फागुन १ मा भएको षड्यन्त्रलाई हामीले चकनाचुर पारेका छौं,’ उनले भने ।

साथै अमेरिकी सहयोग परियोजना एमसीसीको नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शर्त राखेर नेपाली जनताको भावनामाथि कुठराघात गर्न खोजेको आरोप लगाएका छन् ।

एमसीसीको नाममा केपी ओलीले निशर्त रुपमा समर्थन गरेर नेपाली जनताको भावनामाथि कुठराघात गरेर नेपाली कांग्रेससँग शर्त राखेर माधव नेपालको पार्टीको दर्ता खारेज गर, महाअभियोग प्रस्ताव दर्ता भएका प्रधानन्यायाधीशलाई वहाल गरिदेउ र ५ दलीय गठबन्धन छाड जस्ता शर्त राखेर एमसीसी पास गर्न खोज्ने कस्ता कम्युनिष्ट नेता होलान् बडा विचित्र लाग्छ’ उनले भने ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय