नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गर्न गुल्मी काँग्रेसको जोडदार माग

मनु सुनार मनसुन २०७७ मङ्सिर १७ बुधबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । वरिष्ठ नेता पौडेललाई प्रहरीले प्रकाउ गरेकोप्रति नेपाली काँग्रेस गुल्मीले गम्भिर ध्यानाकर्षण जनाउँदै तुरुन्त रिहा माग गरेको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई आज एकाएक प्रहरीले प्रकाउ गरेको खबरले नेपाली काँग्रेस गुल्मीको गम्भिर ध्यानाकृष्ट भएको बताउनुभएको छ । उहाँले प्रहरीले एकाएक प्रकाउ गर्नु लोकतन्त्रको मर्म र भावना विरुद्ध भएको बताउनुभएको छ । वर्तमान नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सरकारले गरेको यो ज्यादतीप्रति सबै प्रजातन्त्रवादीहरु एकतावद्ध हुन समेत गुल्मी काँग्रेसले आग्रह गरेको छ । यो अलोकतान्त्रिक कार्यप्रति नेपाली काँग्रेस गुल्मीले दुःख व्यक्त गर्दै तुरुन्त रिहा गर्न जोडदार माग गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेख्नुभएको छ । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए । बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा संघलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।

बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो । नेता पौडेल, प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ । त्यस क्रममा तत्कालिन संविधान सभा सदस्य रामचन्द्र पोखरेललगायतका केही घाइते भएका ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय