स्थानीय तहको उम्मेदवारको तत्काल अन्तिम टुंगो नलगाउन कांग्रेसको सर्कुलर

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने काम तत्काल नगर्न सर्कुलर गरेको छ। पार्टीका जिल्ला, क्षेत्र, पालिका र वडा तहका समितिलाई तत्काल उम्मेदवारको अन्तिम टुंगो नलगाउन सर्कुलर गरेको हो।

‘उम्मेदवारको नामहरु संकलन भइरहेको छ। तर, तत्काल अन्तिम टुंगो नलगाउनु भनिएको छ’ कांग्रेस गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने।

देशैभरिका स्थानीय तहमा कांग्रेसले उम्मेदवारका आकांक्षीहरुको नाम भने संकलन गरिरहेको छ। कांग्रेसले वैशाख १ गतेभित्र सबै उम्मेदवारको अन्तिम नामावली केन्द्रमा पठाउन निर्देशन दिएको थियो। पछिल्लो सर्कुलरअनुसार गठबन्धन दलबीच सहमतिपछि उम्मेदवारको टुंगो लाग्ने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय