पाँच दल गठबन्धन एकतिर एमाले एक्लै हुँदा विजयको झण्डा फहरायो, बधाईको ओइरो

काठमाडौ । अहिलेको बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सबैको ध्यान छ ।

सत्ता गठबन्धन पाँच दल एकातिर र नेकपा (एमाले) एक्लै एकातिर भएर चुनाव हुने आँकलन हुन थालेको छ ।

एमालेले एक्लै चुनाव लड्ने एकिन गरिसकेको छ भने पाँच दलिय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।यस्तो अवस्थामा नतिजा कसको आउँला सबैले चासोको साथ हेर्न थालेका छन् । यही बेला एक प्रक्षपणात्मक नतिजा आएको छ ।

खोटाङको पञ्चकन्या माध्यामिक विद्यालय मालामा सम्पन्न विद्यालय व्यावस्थापन समितिको चुनाबमा नेकपा ( एमाले) एक पक्ष र अर्को पक्षमा पाँच गठबन्धन बीच प्रतिस्पर्धा भएको मा नेकपा (एमाले) का तर्फका सम्पुर्ण प्रतिनिधिले अत्याधिक बहुमत साथ बिजय हासिल गरेका छन् ।

यसलाई नै एक सर्वेक्षणात्मक नतिजा भन्दै एमालेलाई बधाईको ओइरो आइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय