चुनावी तालमेलका लागि सत्ता गठबन्धनले बनाएको केन्द्रीय अनुगमन समितिमा को को छन् ?

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेल तथा अनुगमनका लागि रामचन्द्र पौडेलेको नेतृत्वमा गठित समितिमा पाँचै दलका दोस्रो तहका नेताहरूलाई सदस्यका रूपमा समेटिएको छ ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् भने नेकपा एसबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल सदस्य छन् ।

जसपबाट अशोक राई र रेणु कुमारी यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सो समितिमा रहने भुसालले बताए । यो समितिले स्थानीय तहमा कसरी तालमेलको निर्णय हुँदैछ भन्ने अनुगमन तथा आवश्यकता अनुसार विवादको समाधान गर्ने जिम्मेवारी पाएको छ ।

जिल्ला,पालिका र प्रदेशको रिपोर्टिङका आधारमा तल्लो तहसम्मै दलको शक्ति अनुसार गठबन्धन हुने बताइएको छ । सो समितिले चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी समेत बनाउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय