सिवाईसी नेपालद्धारा सदस्यहरुका लागि व्यवसायीक पशुपालन तालिम सञ्चालन

बागलुङ,२१ चैत २०७८-सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गत खर्बाङ शाखा कार्यालय बागलुङले आफ्ना सदस्यहरुलाई व्यवसायिक बनाउनका लागि विभिन्न व्यवसायिक सिप विकास तालिमहरु सञ्चालन गरिरहेको छ ।

सदस्यहरुलाई कर्जासंगसंगै कर्जालाई सदुपयोग गर्नका लागि संस्थाले सदस्यको माग र बजार अनुसारका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा सोमबार संस्थाको खर्बाङ शाखा कार्यालय बागलुङको आयोजनामा बडिगाड गाउपालीका वडा नं. १ तुन्डाडामा १ दिने व्यवसायीक पशुपालन तालिम सम्पन्न गरेको छ ।

बडिगाड गाउपालीका वडा नं. १ स्थित तुन्डाडामा रहेको वडा कार्यालयको भवनमा सम्पन्न तालिममा केन्द्र नम्बर १ का केन्द्र प्रमुख ओमकला सलामीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा प्रमुख बडिगाड गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष बोम बहादुर थापाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई अनुरोध गर्नुभएको थियो ।

थापाले सिवाईसीले ऋणको मात्र कारोवार नगरी यस्ता खालका उद्यमशिलता निर्माण सम्वन्धि तालिम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउनु भएको थियो ।

मन्तव्यकै क्रममा कमाउन सबैले कमाउछ तर त्यो कमाइलाई जोगाउने कुरा ठूलो भएको भन्दै भबिस्यको लागि सोचेर बचत गर्न सबैलाई आग्रह गर्नुभयो ।

मानिसलाई माछा दिने होइन माछा मार्न सिकाउने ठुलो रहेको र त्यो काम सिवाइसी नेपालले गरेको बताउनुभयो।गतबर्ष जस्तै यसवर्ष पनि पशुपालन तालिम सञ्चालन गरिएको र वडा कार्यलयसङग समन्वय गरेर अगाडि बढ्नु निकै सराहनिय कार्य भएको भन्दै सिवाइसी नेपाललाई धन्यबाद दिनुभएको थियो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका कार्यपालिका सदस्य सोमन्ता सलामी, वडा सचिव कमल पुन, भीम कुमारी भुजेल, कृष्णा घर्ती, लगायतले बोल्नुभएको थियो।

५५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण पशु प्राबिधिक बिष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ताको रुपमा ओमकला सलामी र तालिममा सक्रिय सदस्यको रुपमा कल्पना रामजाली लगायतलाई सम्मान गरिएको थियो।

उत्त कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी छन्द कुमार अर्यालले गर्नुभएको थियो भने सन्चालन शाखा प्रमुख सुबास नेपालीले गर्नुभएको थियो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय