ओलीको गुनासो– देशलाई इन्जिनियरको आवश्यकता छ, कलेज खोल्नै दिदैनन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई इन्जिनियरको आवश्यकता भए पनि इन्जिनियरिङ कलेज खोल्न नदिइएको बताएका छन् ।

सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसनको कार्यक्रममा उनले आफू प्रधानमन्त्री हुँदा कलेज खोल्न नदिइएको बताए ।

आफैँ प्रधानमन्त्री भएर हैरान के भएँ भने देशलाई इन्जिनियरको आवश्यकता छ । इन्जिनियर कलेज खोल्न दिँदै दिदैनन् । यस्तो सिस्टम बनाएको छ । एकथरि बाहिर गएर उफ्रिन्छन् । अर्कोथरि अनसन बस्छन्,” उनले भने ।

म आफै इन्जियिरिङ कलेज बनाए पनि स्वीकृति नदिँदा भवन पुराना भएको उनले बताए ।

स्विमिङ पुल नभए कलेज खोल्न नदिने गरिएको उनको भनाइ छ । इन्जिनियरिङ विश्वविद्यालय खोलेर यही इन्जिनियर उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

ओलीले इन्जिनियर, मेडिकल कलेजमा बन्ध्याकरण अभियान नै चलाइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय