बुबा प्रचण्डलाई जिताउने सर्तमा रेणु दाहालले भरतपुरको मेयर कांग्रेसलाई छाड्ने

काठमाडौं । सत्तारुढ दलको बैठकले चितवनका सबै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । त्यसअघि नेपाली कांग्रेस चितवनको बैठकले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिन नसकिने औपचारिक नै निर्णय गर्यो ।

काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहालले के गर्लिन् भन्ने चासो छ ।

कांग्रेसले कुनै पनि हालतमा भरतपुरको मेयर नछाड्ने भएपछि मेयर रेनु दाहालले संघीय चुनावमा आफ्ना बुबा एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिताउनुपर्ने सर्तमा पछि हट्ने तयारी गरेको बुझिएको छ ।

केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् ।

आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।

६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भएको थियो । तर, भरतपुर कांग्रेसले आफूहरुले कुनै पनि हालतमा छाड्न नसक्ने औपचारिक निर्णय गरेपछि समस्या उत्पन्न भएको हो ।

पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।

चितवन जिल्ला कार्यसमितिको बैठकले केन्द्रको पाँच दलीय संयन्त्रलाई अन्य जिल्लामा जस्तै निरन्तरता दिइने गरेको तर, यसको बटमलाइन भरतपुर महानगरपालिकाको मेयर काँग्रेसको हुनुपर्ने रहेको नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले बताए ।

चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को गृहजिल्ला समेत हो यही कारण भरतपुर महानगरको मेयर पुनः माओवादीले पाउनुपर्ने माओवादीको अडान थियो ।

भरतपुर महानगरसहित चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय।देशैभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र विवादको केन्द्र भरतपुर महानगर बन्न पुगेको छ ।

प्रचण्डको निर्वाचन क्षेत्र हुनु र उनकी छोरी रेणु दाहाल भरतपुर मेयर भएकाले चितवन चर्चामा आएको हो । विगतको चुनावी नतिजा हेर्दा चितवनमा माओवादी अंकगणितीय हिसावले तेस्रो स्थानमा छ ।

०७४ को चुनावमा भएको गठबन्धनलाई लिएर पनि चितवन काँग्रेसमा असन्तुष्टि देखिको थियो, जुन अहिले फेरि सतहमा आएको छ । ०७४ मा माओवादीले मेयर र काँग्रेसले उपमेयर लिने गरी गठबन्धन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय