ठूलो पार्टी बन्ने आसमा गलत पार्टीसँग सम्झौता गर्‍यौ, अब सच्चिन्छौँ : कमल थापा

मन्थली । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा बाटो बिराएका कारण जनमुखी हुन नसकिएको बताएका छन् ।

रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले विगत ठूलो पार्टी बन्ने चाहनाले गलत प्रवृत्तिसँग सम्झौता गर्दा बाटो बिराइएको भएपनि अब सच्चिने उनले बताए ।

उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिका विहीन भएको उल्लेख गर्दै अब विगतका कमजोरीहरू सच्याएर अगाडि बढ्ने बताए ।

नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार काम भइरहेको भन्दै थापाले ठूला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।

भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै त्यसको विकल्प हुन सक्ने दाबी गरे ।

धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाको चिन्ता थियो । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय