आगोलागी हुँदा एक घर जलेर नष्ट।

बागलुङ नगरपालिका—३ गुठीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।बुधबार बिहान सवा ११ बजेको समयमा गुठी स्थीत दलबहादुर किसानको ढुङ्गामाटोले बनेको ढुङ्गे छानो भएको दुई तले घरमा आगलागी हुँद घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

घरको बीच तलामा किसानको आफ्नै छोरा मानसिक अवस्था ठिक नभएका शिवजी किसानले लाईटर जलाउने क्रममा घरमा आगलागी भएको र आगोले घर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट घरसंगै घर भित्र रहेका लत्ताकपडा फर्निचर तथा ५२ हजार पैसा र तीन तोला सुन समेत जलेको घरधनीले बताएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिको पुरै विवरण आउन बाँकी रहेको छ । स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा आगो भने नियन्त्रणमा आएको छ ।

आगोबाट कुनै मानवीय तथा पशु चौपायामा क्षति नभएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय