चितवनमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

काठमाडौं, २१ चैत्र । चितवनमा सत्तागठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने भएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रको आज बसेको बैठकले जिल्लाका ७ वटा स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

संयन्त्रले आसन्न स्थानीय चुनावलाई लक्षित गर्र्दै ४ बुंदे निर्णय गरेको छ । सबै पालिकामा गठबन्धनका दलहरुबीच चुनावी तालमेलका लागि नेपाली काग्रेसकोे सम्बन्धित पालिनका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने लगायतका निर्णय गरेको छ ।

पाँच गठबन्धनको संयन्त्रले जारी गरेको विज्ञप्तीमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय