नत्र काग्रेस सकिन्छ भन्दै देउवासँग वारकी पारको खेल खेल्दै शेखर पक्ष !

आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमाले विभाजन गरेर बनेको दल नेकपा एस सँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक रडाको उग्र हुँदै गएको छ ।

केहि दिन अघि काठमाडौँमा सम्पन्न केन्द्रिय कार्यसमितको बैठकले स्थानिय तहको अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भन्दै नितिगत निर्णय गरे उक्त निर्णयको व्याख्या कसरी गर्ने भन्ने बिषयमै काग्रेसको दुई धारविच लफडा देखिएको छ ।

सुरु देखिनै गठबन्धनको पक्षमा रहेको सभापती देउवा पक्षले आगामी तीनै तहको निर्वाचनमा सत्तायात्री दलका विचमा गठबन्धन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने १४ आँै महाधिवेशनमा ४० प्रतिशत मतको होल्ड गरेको शेखर पक्षले काउन्टर रणनिती तयार पारेर मैदानमा उत्रिएको छ ।

देउवाका विश्वासपात्र एवं संचार तथा सूचनाप्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै निर्वाचनहरुमा प्रचण्ड , माधव नेपालसँग गठबन्धन हुने बताएका छन् भने देउवाका अर्का विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँडले त अहिलेको सरकार बन्नु भन्दा अघिनै सबै चुनावमा गठबन्धन गरेर जाने गरि सहमती भइसकेको बताएका छन् ।

गठबन्धनकै बिषयले काग्रेसको दुई खेमा आमन्ने सामन्ने भएको छ । हालै मात्रै काग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन नमान्नेहरुले पार्टी छोडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्ति दिए पछि कोइराला पक्षका नेताहरु थप विच्कीएका छन् ।

सिंहको अभिव्यक्तिलाई देउवाकै बोलीका रुपमा बुझेको र अब वार की पारको लडाइँमा जानै पर्ने भन्दै कोइराला पक्ष भित्र घनिभूत कुराकानी भइरहेको बताइन्छ । ओटिभी नेपाल डटकमको सम्पर्कमा आएका कोइराला पक्षका एक नेताले यो गठबन्धन बनाउँने की नबनाउँने भन्दा पनि काग्रेस बचाउँनेकी नबचाउँने भन्ने कुरा भएको भन्दै बिषय निकै गम्भिर भएको बताए ।

यसै गरि चुनाव जित्नेनै नाममा हेरक चुनावमा काग्रेसले हसिँया हथौडामा भोट हाल्न उर्दी जारी गर्दैै जाने हो भने नेपाली काग्रेसको हालत पनि छिट्टै काग्रेस आइको जस्तो हुने बहस उठ्न थालेको छ । काग्रेस बचाउँने हो भने निर्णायक कदम चाल्नै पर्ने अवस्था आएको ति नेताले बताए ।

निर्णायक कदम कस्तो सम्म हुन्छ भन्ने यकिन नभए पनि अहिले सिंगो पार्टीनै एक भएर गठबन्धन नगर्ने गरि जाने कुरालाई पहिलो प्राथमिकतामा राखिने , देशभरबाट सच्चा काग्रेस कार्यकर्ताहरुले माओवादी या एस पार्टीमा भोट हाल्न सकिन्न भन्ने म्यासेज दरो रुपमा संचार गर्ने , त्यत्ति गर्दा पनि देउवा पक्षले पेलेरै जान खोजे आफुहरुले पनि बाध्य भएर कठोर कदम उठाउँने ती नेताले ओटिभी नेपाललाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय