एक करोड खर्चेर बनारसमा वृद्धाश्रम बनाउँदै सरकार, प्रधानमन्त्रीले गरे शिलान्यास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्।

ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्।

उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए।

नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ।

नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।

भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।

भारत भ्रमण सकेर आज प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय