स्थानिय तहको निर्वाचनले नेताहरुलाई छपक्कै छोपेको छ । किसानलाई असारमा हुने चटारो जस्तै नेतालाई चुनावमा चटारो देखिएको छ । गठबन्धन बनेर एमाले हराउँने अभियान एकातिर बनेको छ भने गठबन्धनलाई एक्लै हराउँछु भनेर एमाले पनि कस्सिएको छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको केन्द्रिय कमिटी , पोलिट्व्यूरो सहित स्थायी कमिटीको समेत बैठक राखेर सबै केन्द्रिय नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ भने एमाले अध्यक्ष केपी ओली आफैँ पनि देश दौडाहमा निस्किएका छन् ।

एमाले एक्लै भए पनि चुनावी मैदानमा उत्रिएर सबैलाई हराउँछु भन्ने हुंकार दिइरहेको छ भने शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरुले गठबन्धनकै चक्करमा हराइरहेका छन् । अन्यदलहरुले खासै प्रभावकारी रुपमा चुनावी गतिविधी गर्न सकेका छैनन् ।

परमादेशबाट सरकार बनाउँन एक भएका दलहरु गठबन्धन गरेर जोनेकी एक्लै जाने भन्नेमै अझै टुंगोमा पुग्न सकेका छैनन् । सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्र गठबन्धनको बिषयलाई लिएर चर्को मतभेद देखिएको छ । काग्रेस केन्द्रिय समितीको निर्णय पछि प्रचण्ड र माधव नेपाल काग्रेससँग थप सशंकित बनेका छन् ।

काग्रेसले स्थानिय तहको अवस्था र आवश्यकतका आधारमा तालमेल गर्न सक्ने भनेर नितिगत निर्णय गरेको छ तर यो सँगै उसले बहुमत स्थानिय तह जित्न काग्रेस एक्लै सक्षम रहको पनि दाबी गरेको छ । काग्रेसको भाषाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विशेष गरि चिढिएका छन् ।

काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गरेरै जाने पक्षमा देखीए पनि काग्रेस भित्र ठूलो तप्का कुनै हालतमा पनि कम्युनिष्ट सँग गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा खरो रुपमा उत्रिए पछि देउवाले पनि सजिलैसँग निर्णय गर्न सकेका छैनन् ।

काग्रेसले गठबन्धनको अधिकार तल्ला कमिटिलाई दिए पछि बिषय थप रोचक र पेचिलो बनेको छ । सैद्धान्तीक रुपमा गठन्धन गर्ने बिषयमा देउवा , प्रचण्ड र माधव नेपाल एक ठाउँमा रहे पनि व्यवहारिक रुपमा भने उक्त कुरा निकै कठिन हुने विश्लेषण सुरु भएको छ ।

गठबन्धनमा सबै पार्टी एकमत भएको अवस्थामा समेत भागबण्डाका बिषयमा लफडा भएर गठबन्धन टिक्न नसक्ने अवस्था आउँन सक्छ तर यहाँ त गठबन्धन गर्ने बिषयमै काग्रेस भित्रै ठूलो किचलो रहेको छ यसकारण पनि गठबन्धन व्यवहारिक रुपमा जान नसक्ने चर्चा चलेको छ ।

एमाले अध्यक्ष केपी ओलीले पाँच दल मात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका जती सबै मिलेर आए पनि एमालेले हराउँने हुंकार दिइरहेका छन् भने उनले अर्कातिर लोभीपापीहरुको गठबन्धननै बन्न नसक्ने पनि ठोकुवा गर्दैै आएका छन् । गठबन्धननै बन्न नसक्ने हिसाब ओलीले सुनाएका छन् भने बने पनि ठेगान लगाउँने भन्न छोडेका छैनन् ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलले पनि काग्रेस , माअ‍ोवादी र माधव नेपालको गठबन्धनलाई बालुवाको लड्डु सँग तुलना गरेका छन् । गठबन्धन व्यवहारिक हुन नसक्नेमा चर्चित राजनितीक विश्लेषक डा सुरेन्द्र केसीको पनि एक मत रहेको छ ।

देउवा , प्रचण्ड या माधव नेपालले गठबन्धन गर्छौ भनेर निर्णय गराए पनि तल्लो तहको मनोविज्ञान गठबन्धन नगर्ने भन्नेमै बलियो रहेको डा केसीले भनेका छन् । ओटिभी नेपाल डटकम सँगको कुराकानीमा डा केसीले देशभरको अवस्था बुझ्दा काग्रेस कार्यकर्ताहरु माओवादीलाई भोट हाल्नै नसक्ने मनोविज्ञानमा रहेको आफुले बुझेको बताएका छन् ।

यता राजनितीदर्शनका ज्ञाता समेत रहेका विश्लेषक एस के तिमील्सीनाले त कुनै पनि हालतमा देउवा , प्रचण्ड र माधवले चाहँदा पनि गठबन्धन बन्न सक्ने अवस्था नदेखिएको बताउँछन् । ओटिभी नेपाल सँगको कराकानीमा उनले वैचारिक ,सैद्धान्तीक हिसाबमा मात्रै होइन व्यवहारिक हिसाबमा पनि गठबन्धन बन्न नसक्ने जिकिरि गरेका छन् ।

‘काग्रेस पार्टी भित्रै वडा अध्यक्ष देखी पालिका सम्म कम्तीमा ५ जना भन्दा बढि आकांक्षी प्रत्येक वडा र पालिकामा रहेका छन् काग्रेसलाई आफ्नो पार्टी भित्रकै आकांक्षी व्यवस्थापन गर्न समेत हम्मेहम्मे पर्दछ यस्तो अवस्थामा अर्को पार्टीलाई भाग दिएर भोट हाल्नेकुरा कल्पनानै गर्न सकिँदैन । तिमिल्सीनाले भनेका छन् । ‘

 

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here