एमालेले जितेका सिटमा ‘क्लीन स्वीप’ गर्ने गठबन्धनको तयारी, यी स्थानमा हुदैछ एमाले ‘क्लीन स्वीप’

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा ‘क्लीन स्वीप’ गर्ने योजना अनुरूप गठबन्धनमा रहेका दलहरूले रणनीति बनाउँदै छन् ।

०७४ को स्थानीय तहमा प्रमुख १२३, उपप्रमुख १३७, अध्यक्ष १७१, उपाध्यक्ष १९४, वडाध्यक्ष दुई हजार २५९, सदस्य पाँच हजार ४५८, महिला सदस्य दुई हजार ७७७ र दलित महिला दुई हजार ६८० सहित कुल १४ हजार ९९ सिट जितेर एमाले पहिलो शक्ति भएको थियो ।

दोस्रो शक्ति बनेको कांग्रेसले प्रमुख १०५, उपप्रमुख ८४, अध्यक्ष १६१, उपाध्यक्ष १३९, वडाध्यक्ष दुई हजार २८७, सदस्य चार हजार ४२३, महिला सदस्य दुई हजार एक सय ५६ र दलित महिला दुई हजार १०१ गरी कुल ११ हजार ४५६ सिटमा जित निकालेको थियो ।

यसबाहेक माओवादीले प्रमुख ३४, उपप्रमुख ४३, अध्यक्ष ७२, उपाध्यक्ष ६८, वडाध्यक्ष एक हजार १०३, सदस्य दुई हजार ५६, महिला सदस्य एक हजार ३५ र दलित महिला एक हजार ३० मा जित गरी कुल पाँच हजार ४४१ सिटसहित तेस्रो शक्ति बनेको थियो ।

एमालेलाई चितवनमा धक्कै धक्का, केपीका दाइने हात सहित सयौं नेता माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन।

एमाले ,कांग्रेस तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठनिक गतिविधीमा लाग्न आग्रह गरिन् ।

उनले भनिन् , तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र

विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् ।उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन ।

उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् ।उनले भनिन,तपाईहरूका जायज आवस्यकता र योजनाहरू लिएरआउनुस्स्था,निय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ ।भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि ,स्वास्थ्य ,शिक्षा सामाजिक विकासमा प्रदान गरिएको

अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्तरमा सहयोग पुर्याएको बताईन् ।कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) लेयुगान्तकारी परिवर्तनको बहाक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको बताए ।यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष यम बहादुर परियारले जनताको असली पार्टी छानेर

माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।उनले पार्टिले उचित जिम्मेवारी दिने समेत बताए । सो अवसरमा माओवादी केन्द्रमा २ सय १४ जना प्रवेश गरेका छन ।उनिहरुलाई रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय