एमालेलाई विगतको विरासत धान्न चुनौती, कांग्रेसलाई तीन भाईको भर

काठमाडौं, चैत २० । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ । सत्ता गठबन्धनमा दलहरूबीच स्थानीय तह, प्रदेश र संघीय चुनावसम्म गठबन्धन गरेर अघि बढ्ने सैद्धान्तिक सहमति जुटेसँगै गठबन्धन निर्माणमा जुटेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनभित्र स्थानीय तहमा बाँडफाँट गरेर चुनावमा जाने तयारी शुरू भएको छ । तर, प्रमुख प्रतिपक्ष दल एमाले भने बिना तालमेल नै चुनाव लड्ने भएको छ । एमाले विभाजित भएको र सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने अवस्थामा स्थानीय तहमा विगतको विरासत धान्न चुनौती थपिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय