विचारै नमिल्ने पार्टी माओबादीसँग गठबन्धन गरे कांग्रेस सकिन्छ – नेता शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरुप नलिने बताएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।

‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । गर्ने त भनिदियो तर कसरी ?,’ उनले भने, ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’

प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको उनको आरोप छ । ‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भैरहेको छ,’ उनी भन्छन्, ‘उनको प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ? त्यो गर्न सक्नुहुन्छ ?’ सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उनको तर्क छ ।

‘दुई वटा धारजस्तो बन्यो । एउटा धार गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने । हिजो गठबन्धन किन ग¥यौंभन्दा तत्कालिन सरकारले संविधान कुल्चिएर अगाडी बढ्न थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा अरु दल सामेल भए,’ कोइराला अघि भन्छन्, ‘त्यो गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ । सरकार सन्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझिकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन ।’

उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले भने, ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्येनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन नि । ’न्युज कारखाना

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय