ओलीलाई गगनले भने: मिर्गौला पीडितको ५ हजार भत्ता लिन आउनु

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेको छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन्।

इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो। अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ। तपाईं पनि लिन आउनुस् भन्न मिल्छ? हामी त्यो स्तरमा जान मिल्छ?’

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको? भन्दै प्रश्नसमेत गरेका छन्। ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको? भनेर सोध्न सक्नुपर्छ। त्यो सक्नुभएन भने नेता बलियो जनता कमजोर हुन्छ। अहिले पनि ओलीलाई सोध्न सकेनौँ भने फेरि यही अवस्था आउन सक्छ।’

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको दाबी थापाको छ। ‘छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो। त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो। त्यही कुरा मिडियाले स्थान दिए’ उनले भने।

तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ। गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे।

महामन्त्री थापाले भने, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दै छौँ। माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन। हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन। त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने?’

गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताए। ‘गठबन्धनबारे पाटीले निर्णय गरेपछि हामीले परिपत्र गरेर छौँ। उहाँहरुले अब छलफल गर्नुपर्छ। अब तपाईले नै यहाँबाट मलेर जान्छौँ भने ठिक छ। हुँदैन भन्नुहुन्छ भने पनि ठिक छ। अन्तिम निर्णय तपाईंहरुले नै गर्ने हो’ उनले भनाइ छ।

एमाले अध्यक्ष ओलीले केही दिनअघि काठमाडौंमा भएको कार्यक्रममा आफ्नो सरकारले वृद्धभत्ताको लोकप्रिय कार्यक्रम ल्याएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ७० वर्ष पुगिसकेको हुनाले एमालेमा भोट हाल्न आग्रह गरेका थिए। त्यस अवसरमा ओलीले देउवाले सूर्य चिन्हमा भोट हालेमा कम्तीमा मर्नेबेलामा एउटा मात्र भए पनि पुण्य मिल्ने भन्दै हाँसीमजाक शैलीमा ठट्टासमेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय