एमालेमा अर्को भूकम्प: यी केन्द्रीय नेता सहित सिंगो कमिटिनै माओवादीमा प्रवेश

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ स्थित नेकपा एमाले बोझेको सम्पुर्ण टोल कमिटी नै उमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रबेश गरका छन् ।

शनिवार बोझेको टोल भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले बोझे टोल कमिटीका अध्यक्ष तिलक बहादुर थापा मगर त्यस्तै उपाध्यक्ष बिष्णु तामाङको नेतृत्वमा सम्पुर्ण कमिटीनै माओबादी केन्द्रमा प्रबेश गरेको हो ।

नबप्रबेशिहरु लाई संघिय सांसद तथा पुर्ब कृषिमन्त्री हरीबोल गजुरेल, प्रदेश सांसद तथा माओबादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन),माओबादी केन्द्रका केन्द्रिय सदस्य सबिता कोइरालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघिय सांसद तथा पुर्ब कृषिमन्त्री हरीबोल गजुरेलले अब बिस्तारै जनताले आफ्नो घर खोज्दै आउने बताउनु भयो । बिभिन्न भ्रममा छरिएर रुमलिएर रहेका नेता तथा कार्यकर्ता आफ्नो घर नै फिर्ता हुने बताउनु भएको हो ।

उहाँले लामो समय देखि स्थानिय बासिन्दालाई माडीबजार र बोझे जोड्ने पुल नहुँदा भोग्नु परेको समस्याको समाधानको लागी लब्दाहा खोलामा पुल निर्माणको लागी पहल गर्ने बताउनु भयो । बोझे खोलामा पुल निर्माणको लागी संघमा पहल गर्ने बताउनु भएको हो ।

प्रदेश सांसद तथा माओबादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले बोझेका स्थानियबासिलाई खानेपानीको समस्या भएको भन्ने गुनासो आएकोले उक्त समस्या छिटै समाधान गरिदिने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले कमलामाई नगरपालिका ५ मा काँग्रेसबाट वडाअध्यक्ष जितेकाले बोझेका स्थानीयहरूको आवश्यकता पूरा नभएको बताउनुभयो । उहाँले चुनावमा मत दिए नी नदिए पनि माओवादीले सबै जनताको काम गर्ने बताउनुभयो ।

यसबैबिच शनिवारनै माओबादी केन्द्रको बोझेमा भोजराज थापा (नवराज)को अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा कमलामाई नगरपालिकाका नगरइन्चार्ज यम कुमार देबकोटा लगातको उपस्थिती रहेको थियो ।

हरिहरपुरगढीमा माओवादीमा प्रवेश

यसैगरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कमिटीको तेस्रो पुर्ण बैठक तथा कार्यकर्ता भेला शनिबार सुरू भएको छ।

हरिहरपुरगढी गाउपालिका –७ क्यानेश्वरमा नेकपा माओवादी केद्र हरिहरपुरगढी गाउँ कमिटी अध्यक्ष कारसाङ लामाको अध्यक्षता तथा जिल्ला ईन्चार्ज लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यमा कार्यक्रम सुरू भएको हो ।

कार्यक्रममा नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटीका सदस्य जित बहादुर भोलनको नेतृत्वमा झन्डै एक दर्जनौं कार्यकर्ता एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई जिल्ला ईन्चार्ज दाहालले अबिर लगाएर पार्टीमा स्वागत गर्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय