दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रको एउटा सिङ्गै गाउँ नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पशुपति चौलागाईंका कारण एमालेको गढ मानिने तत्कालिन काब्रे गाविसको उनियाँचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् ।
उनियाँचौर निवासी एमालेका प्रभावशाली नेताहरु निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की, पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
त्यस्तै काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र बैतेश्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।
सिंगो गाउँ नै पार्टी कार्यालय खोलेर माओवादी प्रवेश गराउनका लागि केही दिनअघि मात्रै माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडाबाट माओवादीमा प्रवेश गरेका टंकपसाद लामिछानेले सहजीकरण गरेका हुन् । टंकपसाद लामिछाने बैतेश्वर ४ मा कांग्रेसका तर्फबाट वडाअध्यक्षका बलिया दाबेदार मानिदै आएका थिए ।
नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् ।
माओवादी केन्द्र बैतेश्वर ४ का वडा संगठन समिति अध्यक्ष भरत ढुँगेलको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्का, बैतेश्वर गाउँपालिका संगठन समितिका अध्यक्ष भिमवहादुर श्रेष्ठ, सचिव भुवन घिमिरे, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिन घिमिरे लगायत उपस्थित थिए ।
आजै नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला समन्वय समितिको बैठक सुरु भएको छ ।
बैठकमा सहभागी बैतेश्वरका उपाध्यक्ष मिनकुमार शिवाकोटीका अनुसार बैतेश्वर ७ का एमाले र कांग्रेस परित्याग गरी बलराम खड्का,कल्पना खड्का र राजकुमार थामी माओबादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवी खड्का लगायतले स्वागत गरेका थिए ।
डडेल्धुरा सताशीधामस्थित रुवाखोलामा जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् ।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बनेका देउवाले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । २०५२ साल भदौ २७ गते देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । झण्डै दुई वर्ष शासन गरेपछि देउवालाई लोकेन्द्रबहादुर चन्दले विस्थापित गरेका थिए ।
२०५८ सालमा देउवा पुनः प्रधानमन्त्री बन्न पुगे । तर, माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा गिरिजाप्रसादसँग बढेको टसलका कारण कांग्रेसले उनलाई साधारण सदस्यताबाट पनि निष्कासित गरेपछि देउवाले २०५९ सालमा कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे ।
चुनाव गराउने कार्यभार सुम्पिए पनि नसकेको भन्दै राजा ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरिदिए । पार्टी फुटाए, अक्षम घोषणा भए पनि अवसरले देउवालाई छोडेन ।
२०६१ सालमा ज्ञानेन्द्रले पुनः उनलाई सक्षम मान्दै प्रधानमन्त्री बनाइदिए । तर, २०६१ जेठ २९ मा तेस्रो पटक प्रधानमन्त्री भए पनि ८ महिनापछि माघ १९ गते ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि देउवा सत्ताच्युत हुन पुगे ।
त्यसपछि राजाको निरकुंशताविरुद्ध तत्कालीन सात दल र विद्रोही माओवादीले शान्तिपूर्ण जनआन्दोलन गरेपछि भएको संविधानसभा निर्वाचन अघि देउवा मूल पार्टी कांग्रेसमा मिसिए । २०६४ सालयता ८ नेता प्रधानमन्त्री बने पनि देउवाको लागि बाटो खुलेको थिएन । यसपटक भने देउवा चौथोपटक प्रधानमन्त्री बन्ने तरखरमा छन् ।
आज प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेपछि माओवादी कांग्रेस, माओवादी केन्द्र, विजयकुमार गच्छदारको फोरम र केही साना दलको सहयोगमा देउवा प्रधानमन्त्री बन्न लागेका हुन् । भोली संसदमा प्रधानमन्त्रीका लागि चुनाव हुँदैछ ।
शेर बहादुरका भतिजा शिव बहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् । माईला लोक बहादुर देउवाका पुत्र भान बहादुर देउवा ९भानु देउवा० शेर बहादुर देउवाका पिए स्वकीय सचिव छन् ।
निडर, निस्कपटी भावना भएका शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत, धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन ।
यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या ९कुमाऊ क्षेत्रमा ०२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५००मा फैलिएर रहेका छन् ।
ओली निकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको पाइएको छ । अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने अवस्था आउने आंकलन नेताहरूले गरेका छन् ।
एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिएपनि माओवादी र एकीकृत समाजवादीका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।
सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने बताइएको स्रोत बताउँछ । गठबन्धन भात्काउना सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने बताइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।
यस्तै समानुपातिकमा भने देशभरबाट २५ देखि ३० लाख भोट आउने आंकलन गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ ।
उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको अवस्था सामना गर्नुपर्ने देखिएपछि देखिने भन्दा नदेखिने तरिकाले रणनीति बनाउन ब्यस्त छन्।
उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी पनि गरे ।
ओलीले यही यथार्थलाई बुझेर तीन तहको चुनाव अगावै गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । त्यसका लागि उनले नेपाली काँग्रेसलाई एकल सरकार गठनको प्रस्ताव समेत लगेका छन् । सार्वजनिक रुपमै एमाले एक्लै नहिंड्ने बताइसके ।
ओलीले एमसीसीलाई महत्वपूर्ण अस्त्र देखेका छन् । एमसीसी संसदमा अगाडि बढाइए प्रचण्ड र माधवकुमार नेपालले पारित गर्न नमान्ने र त्यतिबेला आफ्नो दल निर्णायक हुने देखेका छन् । तर, एमसीसी सदनमा अगाडि बढ्न सकेको छैन ।
देउवा निकट नेताहरु एमाले सून्यमा झर्ने भन्न थालेका छन् । गठबन्धन यसरी नै चुनावसम्म एक भएर गएमा ओलीका लागि ठूलो धक्का हुन सक्छ । त्यसैले पनि ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् ।