कांग्रेसले चुनावी प्रचार तीव्र पार्ने, विदेशीएकालाई नेपाल आएर मतदान गर्न अनुरोध गर्ने

कठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचापरसार तीव्र बनाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता प्रकाशरण महतको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समितिको शुक्रबार बसेको बैठकले निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रदेखि तल्लो तहसम्म मिडिया सेन्टर निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै पार्टीले स्थानीय घोषणा पत्र तयार गर्ने निर्णय पनि भएको छ ।

बैठकले विदेशमा रहेका नेपाली जनतालाई मतदानको बेलामा स्वदेशमाआई नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय