गुडिरहेको ट्याक्टरको ट्रलीबाट खसेर मुसिकोटमा १ जनाको मृत्यु

गुल्मी । गुडिरहेको ट्याक्टरको ट्रलीबाट खसेर मुसिकोटमा एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ४ स्थित रातचौरमा रा १ त ४८५८ नं को ट्याक्टरको ट्रलीबाट खसेर सोही ठाउँका २६ वर्षीय नारायण नगरकोटीको ज्यान गएको हो । ट्याक्टरको ट्रलीबाट खसेर घाईते भएका उनको उपचारको क्रममा पाल्पा स्थित लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

ट्याक्टरका चालक हिमाल बिक्रम खत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुँदै गरेको उहाँले बताउनुभयो ।- बडिगार्ड अनलाइन बाट

यो पनि पढ्नुहोस्ः काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९८१ पुगेको छ भने ९ लाख ६५ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय