काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले देउवा स्वदेश नफर्किँदासम्म खाणलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न दिइएको हो ।

आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाणलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here