माधव नेपाललाई ओलीको जवाफ– राजा कहाँ छ र मिल्नलाई ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रतिक्रियावादीहरूको अघि नझुक्ने बताएका छन् ।

शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजासँग भेट्ने गरेको अभिव्यक्तिको जवाफ दिए ।

अब केपी ओली राजासँग मिल्छ रे ! कहाँ छ राजा र राजासँग मिल्छ ? कस्तो बुद्धि यिनीहरूको ?,” ओलीले भने,“ कस्तो मानसिकता यिनीहरूको ? म सम्झाउन चाहन्छु वरिपरि परिक्रममा गरे पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन ।”

केहीअघिको कार्यक्रममा नेपालले ओली गठबन्धन गर्न राजालाई भेट्न निवास पुग्ने गरेको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय