Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
गठबन्धननै गर्दा पनि ‘एस’ पार्टीले चुनाव नजित्ने हिसाबकिताब माधव नेपालको कानमा पुगेपछि … | Naba Khabar
गठबन्धननै गर्दा पनि ‘एस’ पार्टीले चुनाव नजित्ने हिसाबकिताब माधव नेपालको कानमा पुगेपछि …

स्थानिय तहको निर्वाचनको मिती नजिक आइरहेका बेला दलहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागी कुनै पनि कसरत बाँकी नराखी मैदानमा निस्किएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कुनै पनि शक्ति बाँकी नराखी चुनावी मैदानमा उत्रिएको छ । एमाले अध्यक्ष केपी ओली आफैँ चुनावी कमाण्डर बनेर देश दौडाहमा निस्किएका छन् । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन बनेको गठबन्धनका दलहरु पनि एकजुट भएर एमालेलाई हराउँने भन्दै कस्सिएका छन् ।

नेपाली काग्रेसको केन्द्रिय समितीको बैठकले स्थानिय तहको अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलसँग चुनावी तालमेल गर्न सक्ने नितीगत निर्णय गरे पछि उक्त निर्णयको बलमा काग्रेस सभापती देउवाले गठबन्धनको बैठकमा पनि तालमेलको निर्णय गराएका छन् तर व्यवहारिक रुपमा भने त्यति सहज नुहने विश्लेषण सुरु भएको छ ।

काग्रेस सहितको गठबन्धनको पक्षमा लामो समय देखी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पैरवी गर्दै आएका थिए। प्रधानमन्त्री बनाउँन लगाएको गुन तिर्न प्रचण्ड माधवलाई धोका नदिने मुडमा देउवा भए पनि काग्रेस कार्यकर्ता त्यसका लागी तयार नभएको बताइन्छ ।

गठबन्धन नभएको अवस्थामा विशेष गरि नेकपा एमाले विभाजन गरेर बनेको बनेको दल नेकपा एसले आफ्नो अस्तित्वनै रक्षा गर्न नसक्ने विश्लेषण भइरहँदा उक्त पार्टीलाई गठबन्धन भएकै अवस्थामा पनि निकै गारो हुने अनुमान गरिएको छ ।

एक्लै लडेर चुनाव जित्नै गारो भएको दल नेकपा एसले गठबन्धन भएको अवस्थामा काठमाडौँ महानगरपालिका सहितका मालदार ठाउँमा हिस्सा खोजेको छ । ठूलो भाग खोजेको भन्दै देउवाकै पारो तातेको समेत खबर बाहिरिएको छ ।

काग्रेस र माओवादी जस्ता सँगठन र जनाधार भएका पार्टीलाई गठबन्धन गर्दा आफ्नो मतमा गठबन्धन दलको मूलभूत मत आउँदा चुनाव जित्ने सम्भावना भए पनि सँगठनमा अत्यन्तै कमजोर र जनाधार फिटिक्कै नभएको नेकपा एसले गठबन्धन भए पनि चुनाव जित्न नसक्ने ठोकुवा एक राजनितीक विश्लेषकले ओटिभी नेपाल डटकम सँग गरे ।

‘गठबन्धन भएको व्लुतुथ बाट डाटा यता बाट उता सारेको जस्तो होइन जनताले भोट हाल्नु पर्छ जित्न आवश्यक धेरै भोट अर्को पार्टीका मान्छेले हालेर चुनाव जित्छु भन्दै हिड्ने कुरा अव्यवहारिक मात्रै होइन हास्यास्पद कुरा पनि हो ‘। ती राजनिती विश्लेषकले ओटिभी नेपाल सँग जिकिर गरेका छन् ।

आफ्ना कुरा रेकर्ड राख्न खुल्ला चुनौति दिएका उनले गठबन्धन भए पनि नभए पनि आगामी निर्वाचन पछि सबैभन्दा कन्तविजोग नेकपा एस र माधव कुमार नेपालको हुने ठोकुवा उनले गरेका छन् । एस पार्टीका अध्यक्ष माधव कुमार नेपालले पनि यो कुरा नजिकबाट बुझेको दाबी गर्दै ती राजनितीक विश्लेषकले पछिल्लो समय आइरहेका माधव नेपालका उत्तेजित अभिव्यक्ति त्यसैको उपज भएको दावी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर