बागलुङ : जिल्लाको पश्चिम निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ ।


निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो । बुधबार दिउसो एक बजे चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

भिरबाट लडेर घाइते भएका घर्तीलाई स्थानीयले उपचारका लागि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए ।

बुर्तिबाङमा उपचार हुन नसकेपछि घर्तीलाई पोखरा लैजाँदै गर्दा बुधबार राति नै बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक वन्तले जानकारी दिनुभयो ।

घर्तीको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि राखिएको छ । @बागलुङ टुडे अनलाईन

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here