नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै।
दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन ।एमाले ,कांग्रेस तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठनिक गतिविधीमा लाग्न आग्रह गरिन् ।
उनले भनिन् , तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र
विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् ।उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन ।
उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् ।
उनले भनिन,तपाईहरूका जायज आवस्यकता र योजनाहरू लिएरआउनुस्स्था,निय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ ।भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि ,स्वास्थ्य ,शिक्षा सामाजिक विकासमा प्रदान गरिएको
अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्तरमा सहयोग पुर्याएको बताईन् ।कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) ले
युगान्तकारी परिवर्तनको बहाक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको बताए ।यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष यम बहादुर परियारले जनताको असली पार्टी छानेर
माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।उनले पार्टिले उचित जिम्मेवारी दिने समेत बताए । सो अवसरमा माओवादी केन्द्रमा २ सय १४ जना प्रवेश गरेका छन । उनिहरुलाई रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन ।
फेरि एकताको चर्चा
चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरूबिचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरूबिच गठबन्धन र एकता गर्दै अघि बढ्नु पर्ने बताएपछि यो विषय चर्चामा रहेको छ । ठुलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलकदमी गर्नु पर्ने नेताहरूले बताइरहँदा अर्को वाम पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरू सार्वजनिक भएका छन्।
माओवादीका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डमाथि वाम गठबन्धन बनाउन दबाब रहेको बताएका थिए । उता नेकपा एमालेका नेताहरूले पनि वामपन्थी पार्टीबिचको एकताबारे बहसलाई तीव्रता दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलबार पत्रकार सम्मेलन नै गरेर वामपार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका थिए ।
एमाले, माओवादी र एकीकृत समाजवादीबिच एकताको आधार तयार पार्नुपर्ने उनले बताएका छन् । हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबिच एकतामा जानुपर्ने उनको भनाइ छ । उनले वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको भन्दै एकै खालका तीन वटा पार्टी आवश्यक नभएको बताए ।
गत निर्वाचनलाई आधार मान्दा वामपन्थी दलहरूको मत राम्रो रहेको देख्न सकिन्छ । वामपन्थी दलहरूबिचको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । त्यसैले पनि वामपार्टीहरु गठबन्धन गरेर चुनावमा जाँदा फाइदा पुग्ने भुसालको तर्क छ । तर नेताहरूका स्वार्थमा आधारित एकता नटिक्ने इतिहासले देखाएको उनको तर्क छ ।
कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबिचको एकताको विरोधमा लागिरहेको पनि भूसालको भनाइ थियो । इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनको तर्क थियो ।
सम्भव छ?
वामपन्थी दलहरूबिचको एकताबारे बहस भए पनि यसको सम्भावना तत्काल नदेखिएको एमालेकै नेताहरूको भनाइ छ । भुसालले वामपन्थी दलहरूबिचको गठबन्धन र एकताका लागि एमाले ठुलो दल भएको हैसियतमा अग्रसरता लिनु पर्ने बताइरहँदा उनकै दलका अध्यक्ष केपी शर्मा ओलीले भने त्यसलाई अस्वीकार गरिदिएका छन्।
सोमबारको पोलिटब्यूरो बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगातका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरूसँग गठबन्धन हुन नसक्ने बताए । पार्टी अध्यक्षले यसो भनिरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल वा एकताको विषय अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।
राजनीतिक मुद्दा, विचारमा विवाद भएर तत्कालीन नेकपा विभाजित भएको थिएन । नेताहरूको सत्ता स्वार्थका कारण विभाजन भएका कारण तत्काल त्यो ‘इगो’ समाप्त हुने सम्भावना न्यून देखिएको छ । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै घटना क्रम फरक ढङ्गले विकास हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
माओवादी नेता गजुरेलले एमालेसँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको बताएका छन् । सत्ता गठबन्धन प्रतिगमनलाई रोक्न बनेको र त्यसको खतरा अझै नटरेकाले एमालेसँगको गठबन्धनको आधार नरहेको उनकी भनाइ छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको वर्तमान गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् ।
ओलीसँगको टकरावका कारण अहिलेको अवस्था आएको भन्दै ती दलले एमालेको सूर्यमा ‘ग्रहण’ लगाइदिने उद्घोष गरिरहेका छन् । नेताहरूबिचको कटुताका कारण पनि नजिकएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कुरामा नेता कार्यकर्ताले विश्वास गरिरहेका छैनन् ।
कांग्रेसको चिन्ता
उता कांग्रेसलाई भने वामपन्थी दलहरूबिच चुनावी गठबन्धन बन्ने त होइन भन्ने त्रासमा रहेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरूलाई वामपन्थीहरू मिल्न सक्ने भन्दै चुनावमा अहिले गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताइरहेका छन् ।
चुनावमा कांग्रेस गठबन्धन नगरि जानुपर्छ भन्दै लबिङ गरिरहेका शेखर कोइरालाले समेत वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन् । मंगलबार उनले विराटनगर पुगेर नेता कार्यकर्ताहरूको मत गठबन्धन गरेर चुनावमा जान हुँदैन भन्ने रहेको भए पनि २०७४ सालमा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता रहेको बताए ।
।