गुल्मीमा अक्सिजनको अभावमा कोही छट्पटाउनुपर्ने छैन : प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गुल्मीबासीले अब अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा गुल्मी जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै नेता ज्ञवालीले विगतमा कोभिडको डरलाग्दो महामारीबाट बँच्नका लागि अक्सिजन महत्त्वपूर्ण भए पनि अभावमा छट्पटाउनु परेको पिडादायी क्षण स्मरण गर्दै अब कोही त्यसरी छट्पटाउनु नपर्ने बताए ।

ज्ञवालीले उक्त प्लान्टमार्फत कोभिड बिरामीका लागि मात्रै नभई जुनसुकै खालका बिरामीहरूले सहज रुपमा अक्सिजन प्राप्त गर्ने बताए । उनले पूर्ववर्ती सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका-पालिकामा आभारभूत स्वास्थ्य अस्पतालहरूलाई जोड दिएको उल्लेख गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र प्रवेश गर्‍यो । एक किसिमको निजीकरण भयो‚’ ज्ञवालीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको संलग्नताका थुप्रै खालका विकृति भइरहेका छन् ।’

गुल्मी क्षेत्र नं. १ का सांसदसमेत रहेका ज्ञवालीले निजी क्षेत्रका अस्पतालमा सर्वसाधरणको पहुँच नभएको बताउँदै पूर्ववर्ती सरकारले अघि सारेको प्रत्येक पालिका-पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने कार्य अहिले पनि निरन्तर भइरहेको बताए । उनले आफूले पनि विगतमा परराष्ट्रमन्त्रीका रुपमा सरकारमा रहँदा गुल्मी जिल्ला अस्पतालमा बजेट विनियोजन गरेको र त्यसैको फलस्वरुप ५० शय्या क्षमता रहेको अस्पतालको भवन निर्माण भइरहेको बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय