लोसपा कुनै पनि दलसँग गठबन्धन गर्न तयार, राजधानी नछाड्न कार्यकारिणी सदस्यलाई निर्देशन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिको बैठकले चुनावी गठबन्धनका लागि आफूलाई खुला रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधबारबाट सुरु भएर बिहीबार सकिएको बैठकले आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न सकिने निष्कर्ष निकालेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

“लोसपा जुनसुकै दलसँग गठबन्धनका लागि खुला छ । गठबन्धनसम्बन्धी निर्णय केन्द्रले मात्र होइन स्थानीय तहले पनि अवाश्यकताको आधारमा गर्न सक्छ,” झाले भने ।

बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले जुनसुकै समयमा पनि बैठक बस्नुपर्ने भएकाले राजधानी काठमाडौं चैत मसान्तसम्म नछाड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन दिएका छन् ।

दुई दिनसम्म चलेको बैठकमा पार्टीको विधान परिमार्जन गर्ने तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णय भएको झाले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय