एमालेको चुनावी नारा चोर्नेमा कांग्रेस पहिलो माओवादी दोश्रो

काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिए सँगै राजनीतिक दलहरु बीच प्रतिस्पर्धा सुरु भएको छ । यस पटकको निर्वाचनमा नेकपा एमाले एकलै चुनाव लड्दै छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र जसपा सहितको गठबन्धन एमाले विरुद्ध लड्दै छन् ।

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रचार सामाग्री बनाएर निर्वाचनमा होमिएसँगै नेपाली कांग्रेस पनि तातिएको छ । नेपाली कांग्रेसले एमालेकै नारा चोरेर आफ्नो नारा भन्दै प्रचार प्रसारमा उत्रिएको छ । एमालेको नारा चोर्नेमा हिजो सम्म नेपाली कांग्रेस थियो भने आजबाट एमालेको नारा चोर्नेमा नेकपा माओवादी केन्द्र समेत थपिएको छ ।

“मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” भन्ने नेकपा एमालेको नारा नेपाली कांग्रेस पछि माओवादी केन्द्रले समेत अहिले आफ्नो नारा भनेर प्रचार बाजी गर्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एमालेले १ हप्ता अघि “मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” भन्दै प्रचार अभियान सुरु गरेको थियो । तर आफ्नो नारा समेत बनाउन नसक्ने नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेको त्यहीँ नारा चोरेर आफ्नो प्रचारबाजी सुरु गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि कांग्रेस र माओवादीले आफ्नो नारा बनाउनुको सट्टा एमालेको नारा चोरेर लज्जास्पद कार्य गरेको छ । आफ्नो नारा समेत नभएको कांग्रेस र माओवादी लगायत गठबन्धनकै बेइज्जत भएको छ ।

पछिल्लो निर्वाचनमा समेत कांग्रेसले एमालेकै घोषणापत्रबाट चोरेर अन्तिम समयमा रेल र पानीजहाज सञ्चालन गर्ने आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको थियो । यसपटक पाँच दल मिलेर बनेको गठबन्धनले समेत फेरी एमालेकै घोषणापत्र चोरेर आफ्नो घोषणापत्र भन्न बेर नलगाउने आंकलन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय