Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
मुसिकोटमा अनलाइन राजश्व प्रणाली सुरु, घरमा बसेर मोबाइलबाटै कर तिर्न सकिने | Naba Khabar
मुसिकोटमा अनलाइन राजश्व प्रणाली सुरु, घरमा बसेर मोबाइलबाटै कर तिर्न सकिने

 

मुसिकोट गुल्मी,,गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व सङ्कलन शुरु गरेको छ । यो सेवासँगै नगरपालिकाको मुख्य कार्यालय र मातहतका ९ वटै वडा कार्यालयहरुले अनलाइन सफ्टवयरको माध्यमकबाट राजश्व संकलन सुरु गरेका छन ।

त्यसैगरी आगामी आर्थिक वर्ष देखी भने सेवाग्राहीले आफ्नै घरमा वसीवसी राजश्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मालपोत कर, सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउन लागेको हो ।

यो व्यवस्था लागु भए पछी आउने वर्ष देखी स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाउन लागेको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरू सहज हुने उहाँको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र सङ्कलन गर्न सकिने भएपछि दैनिक कति राजस्व सङ्कलन भयो भन्ने थाहा पाउन समेत सहज हुनेछ ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती लगायतका डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती लगायतका डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ ।

यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालयमा गएर विवरणहरू अद्यावधिक गराउनुपर्छ । त्यसपछि आगामी वर्ष देखी घरमै बसेर सेवा लिन सकिने नगरपालिकाका राजश्व शाखा प्रमुख गोविन्द कंडेल वताउनु हुन्छ ।

सहभागितामूलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान शुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।

उहाँले नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभूति गराउने गरी अनलाइन राजश्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षहरूका लागि राजश्व अनुमानलाई वास्तविक बनाउने उहाँको भनाइ छ ।

करदाताको विवरण ई–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक सङ्केत र करदाता कोड प्राप्त हुन्छ । यहीँ कोडका आधारमा पछिल्लो पटक मोबाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ ।

यस प्रणालीमा २ वटा पोर्टल हुने छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर–जग्गा, सम्पत्ति, व्यवसायजस्ता व्यक्तिगत विवरण हुन्छन् ।

यस पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ । पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन् । यसमा करदाताले नगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।

करदातासँग सम्बन्धित र सोधिएका, माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट नगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुने सूचना प्रविधि अधिकृत विक्रम रायमाझीले जानकारी दिनुभयो ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् ।

त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धी सूचना एसएमएसबाट पनि प्राप्त हुने नगरपालिकाका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे वताउनु हुन्छ ।

यस आर्थिक वर्ष देखी नगरपालिकाले अनलाइन राजश्व प्रणाली सुरु गरेको हो । यो पहिलो वर्ष भएको र सम्पुर्ण नगरवासीको सम्पती र अन्य विवरण सफ्टवयरमा राख्नु पर्ने भएकोले यस वर्ष भने सवै सेवाग्राहीहरुलार्इ सम्वन्धित वडा कार्यालयमा आएर समयमा नै राजश्व रकम अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

आगामी वर्ष देखी आफ्नै मोवाइलबाट राजश्व रकम दाखिला गर्न सकिने व्यवस्था नगरपालिकाले मिलाउने नगरपालिकाले जनाएको छ ।

सोर्स: सेरोफेरो नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर