काठमाडौं । अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नामले धेरैलाई पोलेको र भिटामिन डी प्राप्त भएको बताएकी छन् ।
केही समयअघि नेकपा एमाले प्रवेश गरेकी मानन्धर पोखरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो न्वारनको नाम ‘सुर्जेकुमारी’ भएको बताएकी थिइन् ।
उनले एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’
उनको यो अभिव्यक्तिलाई धेरैले मजाक बनएपछि उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो समय निष्क्रिय रहेकी थिइन् । उनी केही समयको ग्यापपछि पुनस् राजनीतिक यात्रा सुरू एमालेबाट सुरू गरेकी हुन् ।