प्रचण्ड-माधवलाई भोट दिएर भएपनि एमाले र ओलीको राजनीति समाप्त गर्नुपर्छ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले अहिलेको लडाइँ नै एमालेसँग रहेको बताएँदै उनले भने, ‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ ।ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।’ कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।

यो पनि : गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुन्छ : कांग्रेस

कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव ल’ड्नुपर्ने सुझाव दिएको बताए ।

‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो । कतिपय ठाउँमा समझदारी गरेर पनि गठबन्धनमा जानुपर्ने साथीहरुको मत छ । भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौँ,’ प्रवक्ता डा. महतले भने ।

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि

काठमाडौं । माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर