काग्रेसले गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्टै ओलीले चाले कडा कदम, देशभर एकसाथ तहल्का मच्चाउँने !

नेपाली काग्रेसले स्थानिय तहको निर्वाचनमा माओवादी , नेकपा एस लगायतका दलसँग स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्टै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काउण्टर कार्यक्रम आयोजना गरेको छ ।

एमाले विरुद्ध महागठबन्धन बन्ने निश्चित प्राय भएको भोलिपल्टै एमाले अध्यक्ष ओलीले एमालेका पालिका तहका अध्यक्षहरुलाई विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । एमालेलाई पहिले शक्ति बन्ने गरि तयारी गर्न आवश्यक निर्देशनका लागी ओलीले सम्बोधन गर्न लागेको बताइन्छ ।

ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।

काँग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर काँग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।

तर, ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन भन्दै आएका छन् । ओलीले निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर निर्वाचनमा आए पनि एमाले एक्लैले पराजित गर्न सक्षम रहेको दाबी गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय