प्रतिगमनविरुद्द गुल्मीका गठबन्धन दलहरु एकजुट छन -माओवादी नेता खुम बहादुर थापा

नेपाल कम्युनिस्ट पार्टी माओवादिका गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा २ क इन्चार्ज खुम बहादुर थापाले प्रतिगमनविरुद्द गुल्मीका गठबन्धन दलहरु एकजुट रहेको बताउनुभएको छ ।

आगामी बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनको लागि सरकारमा गठबन्धनमा रहेका दलहरुबिच चुनाबि छलफलमा रहेको बताउनुभएको छ ।माओवादी पार्टी सधै परिवर्तनको पक्षमा रहेकोले यो वा त्यो वहानामा समुदायलाइ पछाडि धकेल्ने काम गर्ने जो कोहिको विरुद्दमा रहेको र समाजको अग्रगामी परिवर्तनको पक्षमा आफुहरु रहेकोले परिवर्तन चाहनेहरुको सहमतिमा सहकार्य हुने उहाको भनाइ छ ।

आसन्न निर्वाचनको लागि गठबन्धन दलहरुबिच के कसरी सहमति गर्ने भन्ने विषयमा जिल्ला तहमा छलफल चलिरहेकोले माओवादीको यो वा त्यो दाबि नभएर गठबन्धनमा रहेका राजनीतिक दलहरुले सम्मानजनक रुपमा महत्वपूर्ण निर्णय हुनेमा माओवादी आसावादि रहेको थापाको भनाइ छ ।

दुइचार दिनभित्रै छलफलले सार्थकता पाउने गरि छलफल चलिरहेको उहाको भनाइ छ ।नेपालको सम्विधानको रक्षार्थ राज्यको महत्त्वपूर्ण निर्णयमा माओवादी निर्णायक भएकोले अहिलेको चुनावमा पनि माओवादि निर्यायक शक्तिकै रुपमा स्थापित हुने थापाको दाबि छ ।

माओवादिले भर्खर प्रदेश तहको अधिवेशनलाइ पुर्णता दिएकोले जिम्मेवारी पाएका नेताहरुले पार्टीको आगामी कदमको बारेमा निर्णय लिने र सोहि अनुसार सङ्गठनमा लाग्ने सङ्गसङ्गै निर्वाचनमा पनि जित सुनिश्चित हुने अठोटका साथ लागिपरेको उहाले बताउनुभयो ।

यस अघि माओवादि सत्तामै हुदा पनि गलत कदमलाइ सहेर नबसि देशको सम्विधानको रक्षार्थ सडकमा उत्रिएको पनि उहाले स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय