बागलुङमा रहेको कपास उद्योगमा आगलागी हुदा लाखौंको क्षति !

रामप्रसाद घिमिर बागलुङ २०७७ मंसिर १६ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा रहेको कपास उद्योगमा आगलागी हुदा लाखौंको क्षति हुन पुगेको छ ।

बागलुङ सदरमुकाममा रहेको अस्मिता रिसाईक्लिङ कपास उद्योगमा साँझ ५:३० बजेट बिधुत सर्ट भएर आगलागी हुदा कपास उद्योगको मेसिन र तयारी सिरक डसना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उद्योगमा काम भइरहेको समयमा एक्कासि बिधुत मिटर बक्समा बाट आगो सल्किएको उद्योगका संचालक राजेन्द्र श्रेष्ठले बताए ।

आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय ,सशस्त्र प्रहरी ,बिपद गुल्म र स्थानीय बासीको सक्रियतामा आगो निभाउने काम भएको प्रहरीले जनाएको छ ।

आगालागी भएपछि प्रहरी र दमकल लाई खबर गरेपनि दमकमा ड्राइभर नभएको भन्दै दमकल नआएको स्थानीयले गुनासो गरे ।आगलागी बाट के कति क्षति भयो भन्ने एकिन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय