Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउन कोशिश | Naba Khabar
कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउन कोशिश

काठमाडौं, १५ चैत । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको छ ।

प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिए पछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि अलग्गै संयन्त्र निमार्ण गर्ने कोशिश भएको हो ।

अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने बारेमा कांग्रेस शीर्ष नेताहरुको बीचमा छलफल जारी राखिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

‘केन्द्रबाट नै गठबन्धनको निर्णय गरेर जानेभन्दा पनि स्थानीय तहले आवश्यकता आधारमा तालमेल गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांशको धारणा बैठकमा प्रस्तुत भएको छ,’ केन्द्रीय सदस्य महरले न्युज कारखानासँग भने, ‘त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा नै एउटा अलग्गै समन्वयात्मक संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा निर्वाचनमा तालमेल गर्न सकिने मोडलका बारेमा कुराकानी भइरहेका छन् ।’

उनका अनुसार सो बारेमा सभापति देउवाले शीर्ष नेताहरुसँग राय सुझाव लिइरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर