काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछा’रिएको समेत बताएका छन् ।
उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राखे । उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।
आ’न्दोलनका रक्षा गर्न, पार्टीको क्रा’न्तिकारी धारलाई तीखो बनाउनका लागि जनताले हौसला प्रदान गरेको उनको भनाइ छ । उनले पार्टीको नीति र बिचारका साथ क्रियाशील हुन आग्रह गरे ।
कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव ल’ड्नुपर्ने सुझाव दिएको बताए ।
‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो । कतिपय ठाउँमा समझदारी गरेर पनि गठबन्धनमा जानुपर्ने साथीहरुको मत छ । भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौँ,’ प्रवक्ता डा. महतले भने ।